प्रभु बैंकको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२३ आश्विन २०८०, मंगलवार १०:१७

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*