बीमा अभिकर्ता लाइसेन्सको लागि पाठ्यक्रम तयार, परीक्षामा के-के सोधिन्छ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीले संचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ ।
परिक्षाको लागि बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्सको परीक्षाको लागि पाठ्यक्रम तयार गरेको छ । बीमा कम्पनीहरुले अभिकर्ताको परीक्षा लिँदा परीक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमितिले बीमा अभिकर्ताको लाइसेन्स परीक्षाको लागि पाठ्यक्रम तयार गरेको हो ।
बीमा ऐन, २०७९ को दफा ९२ को उपदफा ९२० मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिमको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था उल्लेख रहेको छ ।
परीक्षाको अङ्कभार १०० र उतिर्णाङ्क ५० हुनुपर्ने, प्रश्नहरु वस्तुगत हुनुपर्ने र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।
अभिकर्तालाई परीक्षा उत्तीर्ण गरेको प्राप्ताङ्क सहितको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने, परीक्षा सम्बन्धी काम कारवाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
यस्तो छ पाठ्यक्रम
इकाई १, जोखिम र जोखिम व्यवस्थापन
जोखिमको अर्थ, जोखिमको वर्गीकरण, बीमा योग्य जोखिम, संकट, खतरा र नोक्सानी, जोखिम व्यवस्थापनm जोखिम व्यवस्थापनको तरिका
इकाई २, बीमाको परिचय
बीमा, जीवन र निर्जीवन बीमाको उद्देश्य, बीमाको प्रकार, बीमाको फाइदा, बीमाको कार्य प्रणाली, बीमा र सम्भाव्यता
इकाई ३, बीमा अभिकर्ता
बीमा अभिकर्ताको परिचय, बीमा अभिकर्ताको प्रकार, बीमा अभिकर्ताको बीमक प्रतिको दायित्व, बीमा अभिकर्ताको बीमित प्रतिको दायित्व, बीमा अभिकर्ताको बीमक प्रतिको दायित्व, बीमकको बीमा अभिकर्ता प्रतिको दायित्व, बीमा अभिकर्ता बन्ने तरीका, बीमा अभिकर्ताको पेशागत महत्व, बीमा अभिकर्ताको खारेजी
इकाई, ४ बीमाको सिद्धान्त
परम सद्धविश्वासको सिद्धान्त, बीमायोग्य हितको सिद्धान्त, क्षतिपूर्तिको सिद्धान्त, निकटतम कारणको सिद्धान्त, प्रत्यासनको सिद्धान्त, योगदानको सिद्धान्त, जीवन बीमामा आंशकि वा पूर्ण रुपमा लागू हुने बीमाका सिद्धान्त
इकाई ५, बीमालेख
परिचय, जीवन बीमालेखहरुको प्रकार, बीमालेखको शब्दावली, शर्त तथा सुविधा, व्यक्तिगत तथा सामूहिक बीमा, पूरक करार, नाफामा सहभागी हुने र नहुने प्रकारको बीमा, बीमाशुल्क गणना तरीका
इकाई ६, जीवन बीमा सम्बन्धी कागजात
प्रस्ताव फाराम, केवाइसी फाराम, बीमाशुल्क भुक्तानी रसिद, बीमालेखको मूल कागज, सम्पुष्टी, राइडर, बीमाशुल्क भुक्तानी गर्ने वा नवीकरण गर्ने सूचना, बीमालेख पुनर्जागरण गर्ने फाराम, अन्य कागजात
इकाई ७, बीमाशुल्क र बोनस
बीमाशुल्क र बीमाशुल्क गणना, बोनस र बोनस गणना, चुक्ता मूल्य र चुक्ता मूल्य गणना, समपर्ण मूल्य र समर्पण मूल्य गणनाा, बीमालेखको धितोमा लिईने ऋण, बीमालेखको जफत, मृत्युदर तालिका
इकाई ८, जोखिमाङ्कन
परिचय, जोखिमाङ्कनको आधारमा जोखिमको वर्गिकरण, प्रारम्भिक जोखिमाङ्कन, वित्तीय र मेडिकल जोखिमाङ्कन, जोखिमाङ्कन प्रक्रिया, अभिकर्ताको गोप्य प्रतिवेदन, बीमित र अभिकर्ताको अनुगमन, आम्दानीको स्रोत, बीमितको पेशागत जोखिम, जोखिमाङ्कनमा प्रभाव पार्ने तत्वहरु, जोखिमाङ्कन निर्देशिका वा म्यानुअल, नोमिनेसन तथा एसाइन्मेन्ट
इकाई ९, दाबी
परिचय दाबी गर्ने प्रक्रिया, दाबी सम्बन्धी कागजात, दाबी भुक्तानीको प्रक्रिया, बीमा दाबी भुक्तानीाा अभिकर्ताको भूमिका, दाबी भुक्तानी निर्देशिका वा म्यानुअल, दाबीको प्रकार, मृत्यु दाबी, परिपक्व दाबी, सर्भाइभल दाबी, राइडर९पुरक करार० दाबी
इकाई, १० जीवन बीमाको बजारीकरण
अभिकर्ताको पशो, ग्राहक सेवा, बीमालेख बिक्री पछिको सेवा, बीमा दाबी पर्दाका बखतको सेवा, जीवन बीमाको बजारीकरण, उपभोक्ता व्यवहार, नैतिक बजारीकरण र यसको चुनौती, बीमालेखको गलत बिक्रि ९मिससेलिङ०, सर्वसारधारणप्रति बीमा अभिकर्ताको दायित्व
इकाई, ११ बीमा अभिकर्ता र कर
जीवन बीमामा कर छुटको दायरा, बीमा अभिकर्ताको पारिश्रमिकमा लाग्ने कर, बीमा अभिकर्ता र कर दर्ता प्रमाणपत्र
इकाई १२, बीमा सम्बन्धी कानूनी व्यवस्था
बीमा ऐन, २०७९, बीमा नियमावली, २०४९, बीमा अभिकर्ताको आचार संहिता, सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका, बीम अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था
इकाई, १३ बीमा बजार
नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेय, तेस्रो पक्ष, सहजकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमा सूचना केन्द्र, बीमित हित संरक्षण कोष, बीमा पुल, बीमा विकास कोष