गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बुटवल उपशाखा विस्तार, भरतपुरमा शाखा खुल्दै

२२ आश्विन २०८०, सोमबार १७:३९

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवलमा उपशाखा स्थापना गरेको छ । सोमबार एक समारोहबीच गार्डियनले चौथो उपशाखाको रुपमा बुटवल उपशाखाको सुभारम्म गरेको हो ।

यसअघि गार्डियनले नुवाकोट, वाग्लुङ, स्याङ्जामा उपशाखा विस्तार गरिसकेको छ । सोमबार बुटवल उपशाखाको सुभारम्भ गर्दै बुटवल उपमहानगरकी उपमेयर शावित्री अर्यालले आगामी दिनमा गार्डियनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाईन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्ण बहादुर थापा, वडाध्यक्ष, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ चिरायु भण्डारी र मार्केटिङ चिफ कैलाश देवकोटालगायत सहभागि भए ।

विराटनगरमा केन्द्रीय कार्यालय रहेको गार्डियनले मंगलबार भरतपुरमा शाखा विस्तार गर्ने कार्यक्रम राखेको छ । गएको असार २२ देखि कारोबार सुरु गरेको गार्डियन माइक्रो लाइफले छोटो समयमा ५ ठाउँमा शाखा र उपशाखा विस्तारको काम सम्पन्न गर्दैछ ।

बीमा कम्पनीहरु संघीय राजधानी तथा बाग्मती प्रदेश मात्रै केन्द्रीत भएको टिप्पणी भइरहेका बेला गार्डियन माइक्रो लाइफले ग्रामीण भेगमा रहेका न्यून आए भएका तथा आर्थिक रुपमा विपन्न नागरिकहरुको जीवन सुरक्षार्थ अभियान सुरु गरेको छ ।

नामैले माइक्रो लाइफ इन्स्योरेन्स भएका कारण ग्रामीण क्षेत्रका विपन्नहरुको जीवनस्तर उकास्ने मुल उद्देश्य बोकेर आफुहरु प्रदेश–प्रदेशमा पुगेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बीमापोष्टलाई बताए । उनका अनुसार शाखा र उपशाखा विस्तार भएको ठाउँमा स्थानीय तहले सँगसँगै हातेमालो गर्ने र कतिपय अवस्थामा बजेट कार्यक्रममा समेत समावेश गर्ने प्रतिवद्धता आएको भण्डारीको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*