अप्पर तामाकोशीको हकप्रद शेयरमा जम्मा कति पर्यो आवेदन ?
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा २ लाख ७४ हजार ९८५ आवेदकले ३ करोड ८ लाख ६० हजार ३२४ कित्ताका लागि ३ अर्ब ८ करोड ६० लाख ३२ हजार ४०० रुपैयाँका आवेदन दिएका छन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गरेको हो । शतप्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम हुने जनाइएको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।