दोस्रो बजारमा बीमा कम्पनीहरु, कसले कति गुमाए ?

२२ आश्विन २०८०, सोमबार १७:१२

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट रोकिएन । नेप्से इन्डेक्स १२.५८ अंकले घटेर १९०८ विन्दुमा कायम हुन पुग्यो । नेप्सेमा रहेका १३ उपसूचक मध्ये उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकमा हरियाली देखिँदा बाँकी इन्डेक्स राताम्य भए ।

बीमातर्फका उपसूचक दुबै घटे । जीवन बीमा उपसूचक १ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८० प्रतिशतले घट्यो । सोमबार प्रभु इन्स्योरेन्सको मात्रै सेयर मूल्य बढेको देखिन्छ । प्रभु इन्स्योरेन्सको १.०८ प्रतिशत अर्थात् ७.२० रुपैयाँले शेयरमूल्य बढेर ६७१.१० रुपैयाँ पुग्यो ।

बीमा कम्पनीतर्फ सबैभन्दा बढी गुमाउनेमा सोमबार सानिमा जिआइसी इन्स्योरेन्स परेको छ । जसको शेयरमूल्य ४.८९ प्रतिशत अर्थात् २६.४० रुपैयाँले घटेर ५१३.४० रुपैयाँमा कायम भएको छ । दोस्रोमा घाटा सहने सिटिजन लाइफ इन्स्योरेन्स छ । सिटिजनको सेयरभाउ १.७८ प्रतिशतले घटेर ४२४.६० रुपैयाँ कायम भयो । एलआइसी नेपालको १.७० प्रतिशत, सलिकोको १.५९ प्रतिशत, नेसनल लाइफको १.४८ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १.४६ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०९ प्रतिशत, एसियन लाइफको १.०७ प्रतिशतले शेयरमूल्य घटेको छ ।

यसैगरी, नेपाल लाइफको १.०५ प्रतिशत, आईएमई लाइफको १.०३ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.९९ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.९४ प्रतिशत, सन नेपाल लाइफको ०.८७ प्रतिशत, सूर्यज्योति लाइफको ०.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६१ प्रतिशत, एनएलजीको ०.४० प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.२८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२७ प्रतिशत र हिमालयन लाइफको ०.०२ प्रतिशतले शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*