यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
२२ आश्विन २०८०, सोमबार १५:२०
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजारमा दाहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावट आएतापनि ६६ कम्पनीको शेयरमूल्य भने बढेको छ ।
आज सयपत्रि हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावरको ४.४६, हिमालयन पावर पार्टनरको ४.३८, इमर्जिङ नेपालको ४.३६ प्रतिशतले शेयरमूल्य बढेको छ ।
त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड, अप्पर लोहोरे खोला, विन्दावासिनी हाइड्रोपावर, लक्ष्मी भ्यालु फण्ड–२, मोलुङ हाइड्रोपावर, आरबिबि म्युचुअल फण्ड – २ को शेयरमूल्य सर्वाधिक बढेको छ ।