दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कसले कति गुमाए ?
२२ आश्विन २०८०, सोमबार १५:१५
काठमाडौं । साता कारोबारको दोस्रोदिन नेप्से दोहोरो अंकले घट्दा अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज ६६ कम्पनीको शेयरमूल्य बढ्दा १५८ कम्पनीहरुको शेयरमूल्य भने घटेको छ ।
सोमबार बाराही हाइड्रोपावर र हिमालयन लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको ५.२०, सानिमा जिआईसीको ४.८९, पिपल्स पावरको ४.१३, सिद्र्धाथ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ४, सानिमा बैंकको ३.९७, मिथिला लघुवित्तको ३.८५, इन्फिनिटी लघुवित्तको ३.५८ र किसान लघुवित्तको ३.४१ प्रतिशतले शेयरमूल्य घटेको छ ।