नेप्सेमा दोहोरो अंकको गिरावट, ११ उपसूचक राताम्मे
२२ आश्विन २०८०, सोमबार १५:०७
काठमाडौं । साता कारोबारको पहिलो दिन आईतबार ३५ अंकले घटेको नेप्सेमा आज दोस्रो दिन सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से उपसूचक १२ अंकले घटेर १९०८ को विन्दुमा कायम भएको छ । आज ४३ लाख २७ हजार १७९ कित्ता किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजारको कारोबार भएको छ ।
नेप्से परिसूचक घटेसँगै आज ११ उपसूचकमा गिरावट आएको छ । ट्रेडिङ उपसूचक र उत्पादत तथा प्रशोधन उपसूचक क्रमशः ०.४९ र ०.०६ प्रतिशतले बढेको छ । आज जीवन बीमा उपसूचक सर्वाधिक १ प्रतिशतले घटेको छ ।