शेयर कर्जाको सीमा बढेपछि पनि लगानीकर्तामा देखिएन उत्साह, निरन्तर घट्दै नेप्से

२२ आश्विन २०८०, सोमबार १२:४८

नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे ३५ अंकले घटेको थियो । आज पनि शेयर बजार सुधारतर्फ आउने नदेखिएको लगानीकर्ताहरु बताँउछन् ।

सेयर कर्जाको सीमा बढेपछिको पहिलो दिन नेप्सेमा ३५.६७ अंकको गिरावट आएको थियो भने १६।८६ अंकले घटेको छ ।पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ ।

यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो । उक्त सीमा बढेसँगै सेयर बजारमा सुधार आउने अपेक्षा विपरित आइतबार नेप्से उच्च अंकले घटेको हो । लगानीकर्ताको अपेक्षा सेयर कर्जाको सीमा हट्ने वा धेरै माथि रहने अनुमान गरेपनि राष्ट्र बैंकले थोरै मात्र बढाएकाले बजारमा सकारात्मक असर नदेखिएको जानकारहरुले बताएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*