सानिमा माईले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

२२ आश्विन २०८०, सोमबार १२:४५

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आवको नाफाबाट प्राप्त बोनश शेयर वितरण गर्ने भएको छ ।

कम्पनीले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनश शेयर तथा नगद लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा डाकेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असोज २४ गते बुक क्लोज गरिने कम्पनीले जनाएको छ । जसअनुरुप असोज २३ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय समेत गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*