अरुण काबेलीको हकप्रद शेयर बाँडफाँड, अवितरित शेयर लिलामीमा आउने

२२ आश्विन २०८०, सोमबार १२:०६

काठमाडौं । अरुण काबेली पावर कम्पनीले बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयर असोज १९ गते शुक्रबार बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा १ करोड ६५ लाख ३७ हजार २८८ कित्ताका लागि मात्र आवेदन परेको छ ।

कम्पनीमा परेको आवेदन अनुसार २० लाख १४ हजार ८१७ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिएको छ । बिक्री हुन नसकेर बाँकी रहेको उक्त शेयर अरुण काबेलीले लिलामिमा ल्याउने जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*