घलेम्दी हाइड्रोपावरको २००% हकप्रद शेयर बिक्रीका लागि बुक क्लोजको मिति तय
काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि बुक क्लोज मिति तय भएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार कात्तिक २ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धिधत संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।