नयाँ स्टक ल्याएर पुँजि बजार धरासायी पार्ने काम भयो भन्दै लगानीकर्ताले अध्यक्ष हमाललाई दिए चेतावनी
२१ आश्विन २०८०, आईतवार २०:३०
काठमाडौं । नयाँ स्टक ल्याएर पुँजि बजार धरासायी पार्ने काम भयो भन्दै लगानीकर्ताले अध्यक्ष रमेश हमाललाई चेतावनी दिएका छन् ।
विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा आफनो गुनासो राख्दै लगानीकर्ता तिलक कोईरालाले यस्तो चेतावनी दिएका हुन् ।
आम लगानीकर्ताको हितमा नयाँ स्टक एक्सचेञ्ज नरहेको भन्दै यदि बोर्डले यस्तो काम अघि बढाए अदालतसम्म जाने चेतावनी दिएको थियो ।