बुक बिल्डिङमा क्रस होल्डिङको समस्या चुनौतीपूर्ण छः अध्यक्ष हमाल

२१ आश्विन २०८०, आईतवार १९:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङमा क्रस होल्डिङको समस्या भने निकै चुनौतीपूर्ण भएको बताएका छन् ।विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा स्मरण गराउदै बुक बिल्डिङ आफनो पहिलो प्राथमिकता रहेको जानकारी दिएका छन् । बोर्डका अध्यक्ष हुँदाको समयदेखि नै आफनो मुख्य एजेण्डा बुक बिल्डिङ रहेको बताए ।
‘क्रस होल्डिङ भएका कम्पनीहरुका कारण बुक बिल्डिङमा समस्या देखिएका छन्, हमालले भने, ‘ यी समस्यालाई चिर्दै बुक बिल्डिङको काम चाँडै नै सक्छौं ।’

कार्यक्रममा उनले सबैले दोस्रो बजारमा सेयर कारोबार गर्नु आवश्यक नरहेको जानकारी दिए । बजार विश्लेषण गरेर दोस्रो बजारमा कारोबार गर्ने हो । यो कुरा आम लगानीकर्तालाई बुझाउन जरूरी छ भन्दै सुझाव दिएका छन् ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा व्यक्ति र संस्थामा फरक रहेको उनले बताए । ‘मार्जिन ट्रेडिङ सम्बन्धी कार्यविधि बनाइरहेका छौ। त्यो कार्यान्वयन भएपछि बजारमा देखिएको तरल

कागजमा कुनै कम्पनी राम्रो भयो भनेर कम्पनी राम्रो नहुने उनले बताए । अध्यक्ष हमालले आफू बोर्डमा सौखले नभएर सरकारको चाहनामा आएको तर्क गरे । आफू बोर्डमा रहँदा पब्लिक कम्पनीको संख्या ४ सय पु¥याउने योजना रहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*