गभर्नर महाप्रसाद अधिकारीकै कारण ४५ हजार घर परिवारमा तनाव सिर्जना भोः छोटेलाल रौनियार, शेयरलगानीकर्ता

२१ आश्विन २०८०, आईतवार १८:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४५ हजार बढी लगानीकर्ताको घर परिवारमा तनाव सिर्जना गरेको आरोप लागेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा शेयर लगानीकर्ता छोटेलाल रौनियारले उनलाई यस्तो आरोप लगाएका हुन् ।

शेयर लगानीकर्ता रौनियारले भने, ‘राष्ट्र बैंकका गभर्नरका कारण ४५ हजार लगानीकर्ताको घर परिवारहरु तनावपूर्ण जिन्दगी विताउन बाध्य भएका छन्।’ ‘ती परिवारहरु विरामी भएका छन्, बैंकको ऋण चुक्ता गर्न सकिरहेका छैनन्, यसको जिम्मेवारी राष्ट्र बैंकले लिनुपर्छ’ ब्रोकर एसोशिएनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने ।

‘राष्ट्र बैंकले विभिन्न समयमा उल्टो नीति ल्याएर आम लगानीकर्ताहरुसँग रिसइवी फेरिरहेको छ’ उनले भने । लगानीकर्ता रौनियारले केन्द्रीय बैंकको गलत नीतिका कारणले लगानीको क्षेत्रमा आकर्षित रहेका विद्यार्थीहरु तथा साना लगानीकर्ताहरुको मनोबल समेत गिरावट आएको बताउँदै यसको सिंगो जिम्मेवारी राष्ट्र बैंकका गभर्नर अधिकारीले लिनुपर्ने बताए ।

उनले गभर्नर अधिकारीलाई बारम्बर–बारम्बार शेयर धितोको सीमा बढाइदिन आग्रह गर्दा कहिल्यै पनि आफ्नो माग सुनि नदिएको आरोप समेत लगाएका छन् । ‘राष्ट्र बैंक र गभर्नरलाई शेयर लगानीकर्ताको निराशाका बारेमा कुरा सुनाउँदा पनि सुनिदिनु भएन ।’

One thought on “गभर्नर महाप्रसाद अधिकारीकै कारण ४५ हजार घर परिवारमा तनाव सिर्जना भोः छोटेलाल रौनियार, शेयरलगानीकर्ता

  1. संजय says:

    बैंक तथा वित्तीय संस्थाहरूको स्थिति नाजुक छ। ऋण को ब्याज र सावा फिर्ता भैरहेको छैन। खराब कर्जा दिन प्रतिदिन बढिरहेको छ। झन यस्तो बेला अनुत्पादक क्षेत्रमा लगानी गरेर भविष्यमा जटिल स्थिति सृजना हुनु भन्दा अहिले नै विस्तारै आर्थिक स्थिति लय मा ल्याउनु जाती। केहि ब्यक्ति को ब्यक्तिगत स्वार्थ का लागि देशनै अपठ्यरो स्थितिमा पुग्नु राम्रो हैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*