त्रिभुवन विमानस्थलमा फेरि समातियो सुन, युवती पक्राउ

१३ आश्विन २०८०, शनिबार १९:५०

काठमाडौं । सुन काण्डमा मुछिएर बद्नाम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुनसहित एक युवतीलाई पक्राउ गरिएको छ । दुबईबाट काठमाडौं आएको फ्लाई दुबई एयरलाइन्सको जहाजबाट हिजो साँझ त्रिभुवन विमानस्थलमा उत्रिएकी फिलिपिनी महिनाको साथबाट दुई केजी ७०० ग्राम तरल अवस्थामा शरीरको भित्री लुगामा लुकाएर ल्याइएको सुन पक्राउ गरिएको हो ।

विमानस्थलको आगमन कक्षको एक्सरे गरिरहेका प्रहरीलाई शंका लागेपछि ति महिलालाई थप चेकजाँच गर्दा तरल अवस्थामा लुकाएर ल्याएको सुन बरामद गरिएको त्रिवि विमानस्थलमा खटिएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिलिपिनी महिलाले महिलाले मात्रै लगाउने भित्री वस्त्रमा लुकाएर तरल अवस्थाको सुन बोकेर आएकी थिईन् । अध्यागमन पार गरिसकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेको हो । त्रिविमा खटिएको प्रहरीले सुन सहित भन्सार कार्यालयमा बुझाएको छ ।

उनले दुबईबाट सुन बोकेर नेपाल आएको बुझिएको छ । पछिल्लो समय दुबईबाट दैनिक रुपमा नेपालमा सुन भित्रँदै आएको छ । सरकारले सुन तस्करी थेग्न नसकेको भन्दै सुन आयातको कोटा दैनिक १० केजीबाट बृद्धि गरी २० केजी पुर्याएपनि सुन तस्करी रोकिएको छैन ।

यसअघि त्रिवि भन्सारबाट जाँच पास भएर बाहिरिँदै गरेको १०० केजी सुन राजश्व अनुसन्धान विभागले पक्राउ गरी सुन तस्करको र्याकेट छिन्नभिन्न बनाउन सफल भएको थियो । विश्वभर व्यापक चर्चा र खैलाबैला मच्चिएपछि पनि सुन तस्करी रोकिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*