दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)

१२ आश्विन २०८०, शुक्रबार १८:३२

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेप्से १८ अंकले घटेको छ । उक्त दिन जीवन बीमा उपसूचक ०.८१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९४ प्रतिशतले घटेका छन् ।

जीवन बीमा
बुधबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा आएका थिए । जसमध्ये ४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ ।

बुधबार कारोबारमा आएका जीवन बीमा कम्पनीहरुमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।

निर्जीवन बीमा
बुधबार नेप्सेमा निर्जीवन बीमा उपसूचक पनि ०.९४ प्रतिशतले घटेको छ । उक्त दिन निर्जीवन बीमा सेक्टरबाट कुल १२ कम्पनी कारोबारमा आएका थिए । जसमा ११ वटै कम्पनीको शेयरमूल्यमा गिरावट आउदा १ कम्पनीको मात्र बढेको छ ।

बुधबार कारोबारमा आएका निर्जीवन बीमा कम्पनीहरुमध्ये नेपाल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको छ । सोही दिन एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक कम प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*