मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी, अन्य कुनको कति ? (सूचीसहित)
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २०२९ मा बन्द भएको शेयर बजार यो साता २००४ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा अधिकांश कम्पनीको शेयरमूल्य घटेको छ ।
बुधबार विकास बैंकको इन्डेक्स १ दशमलव ३८ प्रतिशत अर्थात ५३ रुपैयाँले घटेर तीन हजार ८१८ को विन्दुमा कायम भएको छ । विकास बैंकहरुको शेयर मूल्य २०० रुपैयाँ माथिदेखि साढे ४०० रुपैयाँ मुनि नै रहेका छन् । यो साता कारोबार भएका विकास बैंकहरु मध्ये २ वटाको शेयर मूल्य वृद्धि हुदा १४ कम्पनीको शेयरमूल्य घटेको छ ।
विकास बैंकहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य मितरी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास, सांग्रिला विकास, ज्योति विकास बैंक लगायतको शेयरमूल्य बढी रहेको छ ।
यसका साथै, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक लगायतको शेयरमूल्य सबैभन्दा कम रहेको छ ।