के तपाई लघुवित्तको शेयर खरिद गर्न चाहानुहुन्छ ? यस्तो छ लघुवित्तको मूल्य (सूचीसहित)

१३ आश्विन २०८०, शनिबार १०:०७

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको थियो । नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै माइक्रोफाइनान्स उपसूचक ०.७७ प्रतिशतले घटेको हो । ७५ रुपैयाँदेखि २ हजार २५ रुपैयाँसम्म लघुवित्त कम्पनीहरुको शेयरमूल्य रहेको छ ।

बुधबार माइक्रोफाइनान्स सेक्टरबाट जम्मा ५२ कम्पनी कारोबारमा आएका थिए । जसमध्ये ९ कम्पनीहरुको शेयरमूल्य बढ्यो भने ४२ को शेयरमूल्य घट्दा १ वटा कम्पनीको चाँही स्वही मूल्यमा कारोबार भएको छ ।

बुधबार कारोबार भएका लघुवित्त कम्पनीमध्ये हिमालयन लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सिर्जनशील लघुुवित्त, मिर्मिरे लघुवित्त, फर्वाड लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य बढेको छ । सोही दिन बीपीडब्लु लघुवित्त,गुराँस लघुवित्त, सूर्योदय लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, ग्लोबल आइएमई लघुवित्त, निर्धन उत्थान लघुवित्त, छिमेक लघुवित्त, स्वाबलम्बन लघुवित्त, गणपति लघुवित्त, मानुषी लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

समग्रमा हेर्दा बुधबार केही लघुवित्त कम्पनीको शेयरमूल्य बढेतापनि अधिकांश कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १८ दशमलव १८.६० प्रतिशतले घट्दा सर्वाधिक कम्पनीहरुको शेयरमूल्यमा समेत गिरावट देखिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*