एलआईसी नेपालको बीमा अभिकर्ताद्धारा बदमासी, भ्रामक समाचारप्रति कम्पनीको ध्यानाकर्षण
काठमाडौं । एलआईसी नेपालले केही दिनयता विभिन्न संचार माध्यममा प्रकाशित भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण गराएको छ । कम्पनीले केही व्यक्तिको सीमित स्वार्थको लागि फैलाईएको भ्रम, टिकाटिप्पणी र नकारात्मक सामग्री प्रति विश्वास नगर्न बीमित र आम सर्वसाधारणलार्ई आग्रह गरेको छ ।
साथै नियोजित रुपमा दुःषित मनसायका साथ कम्पनी विरुद्ध गरिने प्रचारबाजीलाई कडा शब्दमा भत्सर्ना गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
कम्पनीका कुनै एक बीमितको सहमति बेगर निजको बीमालेखबाट ऋण जारी भएको सूचना प्राप्त भएपछि सो तर्फ कम्पनीले अनुसन्धान गर्दा सन् २०२० मा कुनै एक अभिकर्ताले आवश्यक कागजात अर्को दिन ल्याइदिने आश्वासन दिई स्वयं आफ्नै बीमितको बीमाबाट योजनाबद्ध रुपमा वास्तविक बीमितको स्वीकृति बिना झुक्याई ऋण झिक्न लगाएका स्पष्टीकरण कम्पनीले दिएको छ।
पुनःउक्त ऋण रकमबाट निज अभिकर्ताले आफ्नै कोडमा नयाँ बीमलेखहरू जारी गरी सो वापत कमिशन लगायत अन्य घोषित पुरस्कार एवं इन्सेन्टिभ प्राप्त गरि दुरुपयोग गरेका कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ।
करिब तीन वर्ष पछि आएर निज अभिकर्ताले आफू निर्दोष देखिन उक्त ऋण रकमबाट आफ्नै कोडमा खरिद गरेको नयाँ बीमाहरु र सो वापत प्राप्त कमिशन तथा अन्य सुविधा रकम उपभोग गरिसकेको तथ्यलाई लुकाई छिपाई केवल कम्पनीलाई बदनाम गर्ने उदेश्यले अपुरो एकोहोरो तथ्यलाई बारम्बार केही संचार माध्यममा प्रेषित गरेको देखिन आएको कारण कम्पनीले ध्यानाकर्षण गराएको जनाएको छ ।
कम्पनीले विस्तृत रुपमा अनुसन्धान गर्दा निज अभिकर्ता नै घटनाको मूख्य योजनाकार रहेछन भनेर प्रष्ट भएको र सो कार्यमा संलग्न सम्बन्धित कर्मचारीलाई प्रचलित कानून बमोजिम कारवाही भइहेको र हाल उक्त बीमालेखको ऋण चुक्ता भई बीमा पुर्ण रुपमा स्पष्ट पारेको छ ।
सो घटनाका मूख्य व्यक्ति निज अभिकर्तालाई सो स्पष्टीकरण पेश गर्न निर्देशन दिईएकोमा हालसम्म पनि निजले सो बारेमा कुनै प्रष्टीकरण नदिई वेवास्ता गरी बसेको समेत कम्पनीले जनाएको छ ।
उक्त अभिकर्ताको हैसियतमा यस कम्पनीबाट ऋण स्वरुप उपभोग गर्नु भएको कर्जा रकम चुक्ता भुक्तानी गर्न बारम्बार आग्रह गरे पनि हालसम्म ऋण चुक्ता नभएको र निजले प्राप्त गर्ने कमिशन एवं अन्य सुविधाको रकमलाई ऋणमा मिलान गर्ने तथा निजलाई नयाँ व्यवसायमा तथा समर्पण र ऋणमा साक्षीको हैसियतले हस्ताक्षर गर्न रोक लगाईएको कम्पनीका सूचना अधिकारी सुदर्शन गिरीले बताएका छन् ।
कम्पनीले कम्पनीप्रति आस्था राखी बीमालेख खरिद गरेका बीमितहरुलाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै बीमा रकम कम्पनीमा शतप्रिशत सुरक्षित रहेको जानकारी गराएको छ।
त्यस्तै, कमपनीविरुद्व भएका कु–प्रचारलाई कानूनी रुपमा पुष्टी गर्न चुनौति दिदैँ आस्थावान बीमितहरूलाई आफ्नो बीमाको बारेमा कुनै अद्यावधिक, जानकारी वा जिज्ञासा भए यस कम्पनीको कुनै पनि शाखा कार्यालय, अभिकर्ता वा कर्मचारीसँग सम्पर्क राख्न आग्रह गरेको छ ।
एजेन्ट र कम्पनी बदमासी विरुद्ध मैले उजुरी दिएकाे महिनाे भयाे केही सुनुवाइ भए न । याे सब जालझेल गर्ने रहेछन । यहाँ समाचारमा सफाई दिएर हुन्छ ?