ललितपुर उद्योग वाणिज्य संघमा विश्व बज्राचार्य समूहद्वारा उम्मेद्वारी घोषणा
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि लागि विश्वराज बज्राचार्य समूहले उम्मेद्वारी घोषणा गरेको छ । बज्राचार्य समूहबाट संघको अध्यक्षमा विश्वराज बज्राचार्य उम्मेदवार छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले र वाणिज्य उपाध्यक्षमा रमेशभक्त मुल्मी छन् भने महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन्।
कूल २२ सदस्यीय कार्यसमिति रहने संघमा १९ सय जना मतदाता छन्। ‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएका र्छौं,’ उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै बज्रचार्यले भने, ‘जितेपछि सबै उद्योगी व्यवसायीलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यवसायीक छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउँछु।’
यस्तै, साना–ठूला उद्योगी व्यवसायीको छाता संगठनकारुपमा अघि बढाउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार तथा उद्योग वाणिज्य महासंघसम्म ललितपुरको बलियो प्रतिनिधित्व गराउने बज्राचार्यले बताए। बज्राचार्य समूहले संघको चुनाव जितेपछि गर्ने १५ कामहरुको सूची समेत तयार पारेको छ। जसमा स्थानीय उत्पादनको ब्राण्डिङ, ललिपुरमा मेला आयोजना, उत्पादन, संस्थागत सुशासन लगायतका अजेन्डा छन्।
बज्राचार्यको समूहबाट उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सबिन मान जोशी, प्रविन बज्रचार्य, प्रविण ताम्राकार, बिष्णुलाल सिकर्मी र शैशव कृष्ण श्रेष्ठ छन्। यस्तै, वाणिज्य सदस्यतर्फ बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेश राज बज्रचार्य, प्रविण बहादुर शाक्य, पुष्पकुमार थापा र हरिराम जोशी छन्। संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेद्वार छन्।