लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा
११ आश्विन २०८०, बिहीबार १५:२५
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने छन् ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।