श्रमदानबाटै डोटीको ऐतिहासिक ‘बगर पिपल चौतारी’ निर्माण, बन्यो सामाजिक एकताको प्रतिक

राजन कठायत
११ आश्विन २०८०, बिहीबार ११:१९

काठमाडौं । डोटी जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दुर्गा रावलको पहलमा श्रमदानबाटै ऐतिहासिक पिपल चौतारी निर्माण सम्पन्न भएको छ । करिव ४ लाख रुपैयाँ बराबरको लागत रहेको चौतारी स्थानीय व्यक्तिहरुको श्रमदान र आर्थिक सहयोगबाट निर्माण सम्पन्न भएको हो ।

स्थानीय तहको चुनाव र विभिन्न राजनीतिक दलको खराव आचरणले तहस नहस भएको समाजलाई पिपल चौतारी निर्माणको कार्यले सामाजिक एकताको विकास गरेको स्थानीयले बताएका छन् ।

स्थानीय व्यक्ति तथा गाँउ समाजका विशिष्ट व्यक्तिहरुसँगको इच्छा तथा चाहाना अनुसार भदौ ७ गतेदेखि श्रमदान कार्य शुभारम्भ गरी भदौ १८ गते पिपल चौतारी निर्माण कार्य सम्पन गरी पुजाँ तथा विशेष पाठ गरी भदौ २५ गते समाजलाई हस्तान्तरण गरेको अध्यक्ष रावलले बताए ।

साथै, अध्यक्ष रावलले पिपल चौतारी निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागि भएर श्रमदान गर्ने गाँउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही तथा स्थानीय, कर्मचारी, शिक्षक, भराणी (सुदुरपश्चिम क्षेत्रमा पौराणीक देवी देवताको पुजा गर्ने व्यक्ति) लगायत अन्य ब्यक्तिहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आफु सधै गाँउ समाजको सेवामा समर्पित रहने बताएका छन् । उनले समाजमा अझै सबै निर्माणका कार्य श्रमदानबाट आरम्भ गर्ने र श्रमदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

डोटी जिल्लाको बुहारगाँउस्थित बगरमा रहेको ऐतिहासिक तथा सयौं वर्ष पुरानो सांस्कृतिक र दैबिय शक्तिको प्रकोप रहेको सो पिपल चौतारी श्रमदानबाटै निर्माण गर्न पाउँदा स्थानीयहरु खुशी र हर्सित भएको बताउन्छन् । यसका साथै, स्थानीय व्यक्तिहरुले चौतारी निर्माण कार्य सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट ढुङ्गा फोड्ने, बोक्ने लगायत आर्थिक सहयोग प्रदान गरी महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

पिपल चौतारी निर्माण कार्य सम्पन्न भएपश्चात वडा नम्बर ५ बुहार गाँउकी महिला दिदी बहीनीहरुले आफ्नो हरितालिका तीजको ब्रत लगायत अन्य विशेष पुँजा गर्न पाउँदा खुशी व्यक्त गरेकी छिन् ।

वायल, गडीगाँउ, सलेना लगायतका ठाँउहरुमा पैदल यात्रा गरी आफ्नो कार्य गर्ने तथा विभिन्न स्थानीय लगायतका राष्ट्रिय चाँडपर्वमा आफ्नो ससुुराली आउने र जाने यात्रुहरुलाई समेत पिपल चौतारीको छाहारीमा बसेर थकाई मेट्न सहयोग मिल्ने भएको छ ।

केआईसिँह गाउँपालिकाले विगतका महिनाहरुदेखि श्रमदानबाटै आम जनतालाई अति आवश्यक रहेका पुर्वाधार विकास तथा निर्माण गर्दै आएको छ ।

सामाजिक एकता र सद्भाव स्थापना गर्ने तस्वीरहरुः

 

No description available.

One thought on “श्रमदानबाटै डोटीको ऐतिहासिक ‘बगर पिपल चौतारी’ निर्माण, बन्यो सामाजिक एकताको प्रतिक

  1. Navraj nepali says:

    Good job navraj nepali k I singh 5 buhar

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*