मिड सोलु हाइड्रोपावरको आइपीओको नतिजा यी वेबसाइटबाट हेर्नुहोस्

१० आश्विन २०८०, बुधबार १७:३०

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज साझ ५ बजे भएको हो ।

कम्पनीको आईपीओको नतिजा केही समयपछि प्रकाशित हुने भएको छ । कम्पनीको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट  https://www.nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट  https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*