मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, कतिले पाए शेयर ?

१० आश्विन २०८०, बुधबार १७:२२

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज साझ ५ बजे भएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिएका आवेदकमध्ये ६२ हजार ११७ जनाले १०।१० कित्ता सेयर प्राप्त गरेका छन् । सोहि मध्येका २ जनाले भने ११ कित्ता सेयर हात पारेका छन् । १२ लाख ९४ हजार ५८० जनाको हात रित्तो भएको छ ।  कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको कारणले गोलाप्रथा मार्फत आईपीओ बाँडफाँड गरेको क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*