मर्जरमा गएका निर्जिवन बीमा कम्पनीको व्यवसायमा आकर्षक सुधार, टप ५ मा उक्लियो चार कम्पनी, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । पछिल्लो एक वर्षमा १२ वटा निर्जीवन बीमा कम्पनी मर्जरमा सामेल भए ।नेपाल बीमा प्राधिकरणको पुँजी वृद्धिको निर्देशन अनुसार मर्जरको विकल्प रोजेका १२ वटा निर्जीवन बीमा कम्पनी ६ वटामा सीमित भए । नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या २० वटाबाट झरेर १४ वटा कायम भएको छ ।
साविकको सगरमाथा र लुम्बिनी जनरल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स (हिमालयन एभरेष्ट), सिद्धार्थ र प्रिमियमर (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स), आईएमई जनरल र प्रुडेन्सियल (आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स), सानिमा जनरल र जनरल इन्स्योरेन्स (सानिमा जीआईसी), यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स (यूनाइटेड अजोड इन्स्योरेन्स) मर्जरमा सामेल भए ।
मर्जरमा गएका अधिकांश बीमा कम्पनीहरु व्यवसायिक रुपमा पनि थप सशक्त हुँदै गईरहेका छन् । नेपाल बीमा प्राधिकरणले भदौ मसान्तसम्ममा सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।नयाँ आर्थिक बर्षको सुरुवातसँगै मर्जरमा गएका व्यवसायिक पाटो पनि थप मजबुत बन्दै गएको तथ्यांकमा देख्न सकिन्छ । नेपाल बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णयको कारण २० निर्जिवन बीमा कम्पनीहरु मर्जरपश्चात् १४ कम्पनीमा झरेको छ ।
अग्रस्थानमा कारोबार गर्र्दै आएका कम्पनीहरुलाई पछि पार्दै मर्जरमा गएका कम्पनी व्यवसाय विस्तार थप रफ्तारका साथ लागिरहेका छन् ।भदौ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले कुल ७ अर्बमाथिको बीमा व्यवसाय गरेका छन् ।जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेमा मर्जरमा गएका कम्पनीहरु टप ५ भित्र अटन सफल भएका छन् ।
सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्जर भई एक बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स यस अवधिसम्ममा सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीले भदौ मसान्तसम्ममा ९१ करोड ४७ लाख रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएको छ ।
दोस्रो सिद्धार्थ र प्रिमियम मिलेर बनेको सिद्धार्थ प्रिमियम कम्पनी रह्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ७३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
चौथौमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मिलेर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ६६ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
पाँचौमा आईजीआई पु्रडन्सियल इन्स्योरेन्स परेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, मर्जरमा सहभागी भएका युनाईटेड इन्स्योरेन्स कम्पनीले ४५ करोड रुपैयाँ र सानिमा जिआईसी ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
मर्जरमा जानु ठिक छ।तर जनता का काम कति सहज,सरल,छिटाे गरेका छन त्याे महत्वपुर्ण हाे।स्वास्थय उपचार काे शाेधभर्ना लिन तिन महिना सम्म लगाउनु ठिक हाेला ? कसले नियाकम गर्ने हाे,कसकाे नियन्त्रणमा मा छन विमा कम्पनिहरू।।