माइक्रो इन्स्योरेन्सको कुल बीमा शुल्क करिब ४ लाख, कुनको कति ? (तथ्यांकसहित)
१० आश्विन २०८०, बुधबार १६:२५
काठमाडौं । हाल सञ्चालनमा रहेका माइक्रो इन्स्योरेन्सहरुले भदौ मसान्तसम्ममा कुल १०७ बीमालेख बिक्री गरेर करिब चार लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार माइक्रो इन्स्योरेन्सहरुले भदौ मसान्तसम्ममा कुल तीन लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
भदौ मसान्तसम्ममा नेपाल माइक्रो इन्स्योरेन्सले ६६ वटा बीमा पोलिसी बिक्री गरी दुई लाख ७६ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४१ वटा बीमा पोलिसी बिक्री गरी एक लाख १९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
हाल नेपालमा २ वटा माइक्रो इन्स्योरेन्स मात्र सञ्चालनमा रहेका छन् ।