साउनको तुलनामा भदौं महिनामा २२ प्रतिशतले घट्यो निर्जीवन बीमा व्यवसाय

१० आश्विन २०८०, बुधबार १६:२१

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत साउन महिनाको तुलनामा भदौं महिनामा २२.२५ प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा तीन अर्ब ९८ करोडको निर्जीवन बीमा व्यवसाय गरेको बीमा कम्पनीहरुले भदौं महिनामा तीन अर्ब नौ करोडको मात्रै व्यवसाय गरेका हुन् । पछिल्लो महिना समग्र व्यवसाय ९० करोड रुपैयाँले खुम्चिएको देखिएको छ ।

तथ्याङ्क अनुसार भदौं महिनामा पनि सगरमाथा इन्स्योरेन्स कम्पनि सबैभन्दा उच्च स्थानमा बस्न सफल भएको छ । सो कम्पनीले कूल ३६ करोड ३१ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । यद्यपि सगरमाथाको यस व्यवसायमा हवाई बीमाको शुल्क समेत जोडिएको छ ।

दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले भदौं महिनामा ३२ करोड ५५ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । त्यस्तै, तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले तीन करोड नौ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २९ करोड, नेकोले २७ करोड, आईजिआई प्रुडेन्सियलले २४ करोड, राष्ट्रिय बीमा कम्पनीले २१ करोड, युनाइटेड अजोडले १८ करोड, एनएलजीले १८ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले १६ करोड, दि ओरियन्टलले १२ करोड, अर्को भारतीय कम्पनी नेशनलले १० करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

त्यस्तै, सबैभन्दा तल नेपाल इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीले जम्मा नौ करोड मात्रै व्यवसाय गरेको छ ।

बृद्धिदरका आधारमा भदौं महिनामा सानिमा जिआईसी सबैभन्दा उत्कृष्ट कम्पनी हुन सफल भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको पनि व्यवसाय बृद्धि भएको छ । अन्य कम्पनीहरुको व्यवसायमा भारी कटौति भएकोछ । सगरमाथा इन्स्योरेन्स कम्पनी र भारतीय निर्जीवन बीमा कमपनीहरुको व्यवसाय उच्च अंकले गिरावट आएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय साउन महिनाको तुलनामा भदौं महिनामा ३४ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*