यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
१० आश्विन २०८०, बुधबार १५:२७
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै लक्ष्मी भ्यालु फण्ड २ र शुभम पावर कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । यसका साथै, आज हिमालयन उर्जा विकास कम्पनीको ७ प्रतिशत, पिपल्स पावर हाइड्रोपावरको ६ प्रतिशत सहित १९३ कम्पनीको शेयरमूल्य घटेको छ ।
राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा हटाउनै कुनै पनि निर्णय नगरेको कारण शेयर बजार दोहोरो अंकले घटेको लगानीकर्ता बताउन्छन् ।