मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१० आश्विन २०८०, बुधबार १५:२१

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमा सकारात्मक लागेको छ । आज कम्पनीको शेयरमूल्य २४ रुपैयाँले बृद्धि भई २७२ को विन्दुमा कायम भएको छ । त्यस्तै, एशियन हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।

राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा हटाउनै कुनै पनि निर्णय नगरेको कारण शेयर बजार दोहोरो अंकले घटेको लगानीकर्ता बताउन्छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*