शेयर धितोको सीमाले १८ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे
१० आश्विन २०८०, बुधबार १५:१५
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ ।
राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा हटाउनै कुनै पनि निर्णय नगरेको कारण शेयर बजार दोहोरो अंकले घटेको लगानीकर्ता बताउन्छन् ।
शेयर बजारमा आज कारोबार भएका २८२ कम्पनीहरुको ७० लाख ६१ हजार ४०४ कित्ता शेयर खरिद बिक्री हुदा कुल १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका सबै उपसूचक समेत राताम्मे भएका छन् ।