रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ताको आकर्षण, कुनको कति भयो कारोबार ?
१० आश्विन २०८०, बुधबार १५:०७
काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिनपनि घटेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ ।
राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा हटाउनै कुनै पनि निर्णय नगरेको कारण शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार घटेतापनि आज पनि सन नेपाल लाइफको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज कम्पनीकने सात करोड ६२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । यसका साथै एनआईसी एशिया बैंकको ६ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफ, शिवम् सिमेन्ट लगायतका कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ ।