महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

१० आश्विन २०८०, बुधबार ११:१४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले (असोज १० गते) ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

तोकिएको अवधिमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*