पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदैछन् बोनश र नगद ?

१० आश्विन २०८०, बुधबार १०:२२

आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनको लागि असोज ११ देखि असोज १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनी र म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको हो ।

असोज ११ गते इन्द्र जात्राको अवसरमा काठमाडौँमा सार्वजनिक विदा रहेको र नेप्से पनि बन्द हुने भएकोले बिहिबार शेयर कारोबार हुने छैन ।

आज ओरियन्टल होतेल्सको ५।२६३२ प्रतिशत नगद लाभांश, एनएमबि फिफ्टी म्युचुअल फण्डको १५ प्रतिशत नगद लाभांश,एनएमबि हाईब्रिड फण्ड एल वान ( १५ प्रतिशत नगद लाभांश,सनराइज फर्स्ट म्युचुअल फण्ड १६ प्रतिशत नगद लाभांश, सानिमा इक्विटी फण्ड ( १८ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*