नेपाल धितोपत्र बोर्डद्धारा जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाई
नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाई गर्ने भएको छ। छलफलपछि नियमावली र निर्देशिकामा समावेश गरेर यी व्यवस्था लागु गर्ने तयारी बोर्डको छ ।
जस अनुसार अब हाइड्रो कम्पनीको आईपीओ निष्काशनको लागि निम्न अनुसारको नयाँ व्यवस्था थपिने भएको छ । जलविद्युत कम्पनीले आफ्नो उद्देश्य अनुसारको कार्य गर्नका लागि आवश्यक भौतिक पूर्वाधारको प्रगति कम्तिमा ५० प्रतिशत कार्य सम्पन्न भएको विवरण कम्पनीले ऋण लिएको सम्बन्धित बैंकले प्रमाणित गरेको विवरणसहित बोर्डमा आवेदन प्रकृया अगाडि बढाउन सक्ने भएको छ ।
जलविद्युत कम्पनीले भौतिक पूर्वाधारको कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएकोप्रमाणित विवरण पेश गरे पश्चात मात्र बोर्डबाट अन्तिम स्वीकृति प्रदान गरिनेभएको छ ।