हिमालयन लघुवित्तसहित ३९ कम्पनीले सर्वाधिक गुमाए, कुनले कति ?
९ आश्विन २०८०, मंगलवार १५:१३
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दाहोरो अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १८ दशमलव ४५ अंकले बढेर २०२२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार सामान्य अंकले बढेतापनि हिमालयन लघुवित्त सहित कुल ३९ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै, आज थ्रीस्टार हाइड्रोपावर, लक्ष्मी भ्यालु फण्ड २, गणपति लघुवित्त, आशा लघुवित्त लगायत कम्पनीको शेयरमूल्य घटेको छ ।