नेपाल इन्स्योरेन्सको ७६औं वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित भव्यताका साथ सम्पन्न

८ आश्विन २०८०, सोमबार १८:२७

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीको वार्षिक उत्सव आज सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रम सहित सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य दिदैं नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७६ वर्ष भन्दा बढी उत्कृष्ट सेवा निरन्तर रुपमा दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र शिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

कम्पनीको ७६औं वार्षिक उत्सव कार्यक्रममा कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७६औँ वर्ष पार गरि ७७औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दैे यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पुयाउनु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, लगानीकर्ताहरु, पुर्व सञ्चालक तथा कर्मचारीहरु, हाल कार्यरत सम्पूर्ण कर्मचारीहरु ,नियामक निकायहरु र सम्बन्धित सबैमा हृदयदेखि नै आभार व्यक्त गरे ।

यसै अवसरमा आफ्नो जिवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका ७ जना कर्मचारीहरुलाई पदक तथा कदरपत्र र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरेको थियो । कार्यक्रम सञ्चालन मुख्य प्रबन्धक चन्द्र नाथ उप्रेतीले गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*