नेपाल बीमा प्राधिकरणद्धारा १५ सर्भेयरको नामावली सार्वजनिक,को-को परे ? (सूची सहित)
नेपाल बीमा प्राधिकरणले सर्भेयरहरुको नाम सार्वजनिक गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै १५ जना सर्भेयरको नाम सार्वजनिक गरेको हो ।बीमा सर्भेयरको अनलाइन परीक्षामा १३ जनाले सहभागी अयोग्य ठहरिएका छन्।
मिलन सिग्देल, अशेस घिमिरे, भिमेसचन्द्र आचार्य, असिम गुरागाईं, विश्वास थापा, रामबहादुर श्रेष्ठ, मोहन गौतम, निकेश गौतम, विकासकुमार रोशन, अजय केसी, ललित भाट, चूडामणि सुवेदी, नवीनकुमार श्रेष्ठ, प्रवीण कार्की र राजन थापा प्राधिकरणको छनोटमा परेका छन् ।
प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणबाट सञ्चालित परीक्षामा सफल भई लाइसेन्स प्राप्त गर्ने बीमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवं प्रभावकारी हुने र त्यसबाट बीमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरेका छन्।