प्रभु इन्स्योरेन्सद्वारा स्याङजामा बीमा सचेतनामूलक कार्यक्रम सम्पन्न

८ आश्विन २०८०, सोमबार १७:११

काठमाडौं । प्रभु इन्स्योरेन्सले स्याङ्गजामा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रभु इन्स्याेरेन्सले आज आयाेजना गरेकाे भिरकोट नगरपालिका वडा नं २ मा सञ्चालित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । भिरकोट नगरपालिका वडा नं।२ का वडा अध्यक्ष श्याम काजी अधिकारीको प्रमुख अतिथ्यतामा सञ्चालित उक्त कार्यक्रम प्रभु इन्स्योरेन्स गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रबिन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए ।

बीमा सचेतजनाको साथै कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरिएको थियो । कम्पनीले विभिन्न स्थानमा बीमा सम्वन्धी सचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिने योजना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*