६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कसले कति कमाए ?
८ आश्विन २०८०, सोमबार १५:१७
कठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५ अंकले घटेर २००१ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बजार सामान्य अंकले घटेतापनि आज ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज माइखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, इष्टन हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसका साथै सोमबार कारोबार भएका जम्मा २८४ कम्पनीहरुमध्ये ९२ कम्पनीको शेयरमूल्य बढेको छ ।