सन नेपाल र रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता , अन्य कुनको कति भयो कारोबार ?

८ आश्विन २०८०, सोमबार १५:०६

कठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५ अंकले घटेर २००१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बजार सामान्य अंकले घटेतापनि सन नेपाल लाइफ र रिलायबल लाइफको शेयर सबैभन्दा बढी कारोबार भएको छ । आज सन नेपाल लाइफको ७ करोड ६८ लाख रुपैयाँ र सन नेपाल लाइफको ६ करोड ५८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकको चार करोड, शिवम् सिमेन्टको तीन करोड, हिमाल दोलखा हाइड्रोपावरको तीन करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*