कतिमा भयो अप्पर लोहोरे र मनकामना इन्जिनियरिङ्गको पहिलो कारोबार ?
८ आश्विन २०८०, सोमबार ११:०९
काठमाडौं । दोस्रो बजारमा आजदेखि अप्पर लोहोरे खोला र मनकामना इन्जिनियरिङ्गको पहिलो कारोबार भएको छ । यी कम्पनीहरुको शेयर असोज ७ गते नेप्सेमा सूचीकृत भइ आजदेखि कारोबारमा आएका हुन् ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर प्रतिकित्ता २२२ रुपैयाँमा पहिलो कारोबार भएको छ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ७४ रुपेयाँ देखि २२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।
त्यसैगरी, दोस्रो बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर प्रतिकित्ता २९३ रुपैयाँमा पहिलो कारोबार भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।