कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
८ आश्विन २०८०, सोमबार १०:३२
काठमाडौं । कामना विकास बैंकले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।
बैंकको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, शेयर अभौतिकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायत शेयरधनीहरुको शेयर लगत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य शेयर रजिष्ट्रार प्रभु क्यापिटलले गर्ने भएको छ ।