सानिमा जिआईसीको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा
८ आश्विन २०८०, सोमबार १०:२४
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले रसुवा जिल्लाको स्याफ्रुबेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
योसँगै कम्पनीको शाखा कार्यालय संख्या ५५ पुगेको छ । उक्त शाखामार्फत कम्पनीले दिँदै आइरहेको सम्पूर्ण निर्जीवन बीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले नयाँ शाखा कार्यालय सञ्चालनका अवसरमा स्याफ्रुबेसीमा बीमा सचेतना कार्यक्रमसमेत गरेको थियो । कम्पनीले सो क्षेत्रका स्थानीय सर्वसाधारणलाई निर्जीवन बीमाको बारेमा जानकारी दिएको थियो ।
कम्पनीले शाखा कार्यालय विस्तारसँगै निर्जीवन बीमा व्यवसायमा समेत विस्तार गरेको छ। कम्पनीले प्रधान कार्यालयसहित ५६ कार्यालयमार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।