मार्केट लिडर नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई कुन आवमा कति दियो लाभांश ? (सूचीसहित)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०५८ साल बैशाख २१ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गरेको हो । शिखर इन्स्योरेन्स भन्दा कम्पनी भन्दा अगाडी आएको नेपाल लाइफले जीवन बीमा व्यवसायमा २२ वर्ष पुरा गरिसकेको छ ।
कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई विगत एक दशकदेखि खुशी बनाउदै आएको देखिन्छ। कम्पनीले प्रत्यक वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ ।
लाभांश इतिहास अनुुसार कम्पनीले आर्थिक वर्ष ०६८।०६९ मा सबैभन्दा बढी लाभांश वितरण गरेको थियो । कम्पनीले सो आवमा ७० प्रतिशत बोनश र ५६ दशमलव ३१ नगद गरी कुल १२६दशमलव ३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसका साथै, कम्पनीले आव ०६९।०७० मा पनि ७० प्रतिशत बोनश र २८ दशमलव ५ प्रतिशत गरी कुल ९८ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, कम्पनीले आव ०७०।०७१ मा ६८ प्रतिशत, आव ०७१।०७२ मा २६ दशमलव ३१ प्रतिशत, आव ०७२।०७३ र ०७३।७४ मा २६ दशमलव ३१ प्रतिशत, आव ०७३।०७४ मा ७० दशमलव ५ प्रतिशतले लाभांश वितरण गरेको इतिहास रहेको छ ।
यसका साथै कम्पनीले आर्थिक वर्ष ०७४।०७५ मा कुल ४८ दशमलव ५ प्रतिशत, आव ०७५।०७६ मा ५१ प्रतिशत, आव ०७६।०७७ मा १५ दशमलव ७८९५ प्रतिशतका दरले लाभांश वितरण गरेको थियो ।
कम्पनीले आर्थिक वर्ष ०७६।०७७ मा सबैभन्दा कम लाभांश वितरण गरेको थियो । कम्पनीले सो आवमा १४ दशमलव ७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।