भव्य फ्यान फेस्टसहित रियलमीको रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

७ आश्विन २०८०, आईतवार १७:३५

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ ।

नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएका थिए । आफुलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउन पाएका हजारौंँ दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

उक्त अवसरमा बोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले भने,“हाम्रो रियलमी कम्युनिटीको यो उत्साहजनक सहभागिताले हामी हर्षविभोर भएका छौँ । हाम्रो लागि यो नयाँँ मोडल लन्च गर्ने प्ल्याटफर्म मात्र नभएर हाम्रो कम्युनिटी, हाम्रो इनोभेसन र फ्युचरलाई सेलिब्रेट गर्ने अवसर पनि हो । तपाईंहरुको अटुट विश्वासले टेक्नोलोजी, डिजाइन र अफोर्डेबिलिटिमा प्रत्येक दिन प्रगति गर्दै जाने हाम्रो प्रतिवद्धतालाई हौसला दिएको छ ।

यी नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि त्यही प्रतिवद्धताको प्रमाण हुन् । यी दुवै मोडलहरुमा हामीले कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकता दिएका छौँ । नेपाली युवा ग्राहकहरुले रियलमीप्रति जुन वफादारिता र लगाव देखाउनुभएको छ, त्यसैको सम्मानस्वरुप हामीले यो फ्यान फेस्ट आयोजना गरेका छौँ । आशा छ तपाईंहरु सबैले आफ्ना साथीभाइ र परिवारजनसँग भरपुर मनोरञ्जन लिनुहुनेछ ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*