माछापुच्छ्रे बैंकको शेयरमुल्य समायोजन
७ आश्विन २०८०, आईतवार १६:०७
काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । बैैंकले १३ दशमलव ३० प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम २६३ रुपैयाँ ६० पैसाका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमुल्य २३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३।३० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।