शुभम पावरको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

७ आश्विन २०८०, आईतवार १५:२१

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन (बिहीबार) ४० अंकले बढेको शेयर बजार आज फेरी १९ अंकले घटेर २००८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै शुभम पावर लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १०५ रुपैयाँले घटेर ९४५ रुपैयाँमा कारोबार भएको छ ।

यसका साथै, नबिल ब्यालेन्स्ड फण्ड, मायाखोला हाइड्रोपावर, न्यादी हाइड्रोपावर, पिपल्स हाइड्रोपावर सहित कुल १६६ कम्पनीको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*