यी वाणिज्य बैंकहरुले दसैंअघि नै लाभांश वापतको रकम शेयरधनीको खातामा पठाउदै, कुनले कति ?

७ आश्विन २०८०, आईतवार १४:२८

काठमाडौं। माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको रकम शेयरधनीको खातामा पठाउने भएको छ।माछापुच्छ्रे बैंकले असोज १८ गते लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको छ । आजसम्म बैंकको शेयर खरिद गर्नेले मात्र उक्त लाभांश पाउने गरी बुक क्लोज गरेको छ ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई नगद लाभांश दिन असोज २६ गते साधारणसभा बोलाएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगदा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै, अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरको एनआइसी एशिया बैंकले असोज २८ गते साधारणसभा बोलाएको छ ।

एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस वर्षको दसैंको टिका कात्तिक ७ गते परेको छ । त्यसअघि नै तीन बैंकले वार्षिक साधारणसभा गरेर दक्षिणा स्वरुप लगानीकर्तालाई नगद र बोनस लाभांश वितरण गर्ने तयारी गरेका छन् ।

One thought on “यी वाणिज्य बैंकहरुले दसैंअघि नै लाभांश वापतको रकम शेयरधनीको खातामा पठाउदै, कुनले कति ?

  1. इन्जिनियर बैजु नाथ रौनियार says:

    बडो खुशी को खबर हो हार्दिक बधाई टक्र्याउँदछु

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*