नेप्सेमा नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत
७ आश्विन २०८०, आईतवार १२:४४
काठमाडौं । नेप्सेमा नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत भएको छ। सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएको हो। ६ वर्षे र ८ वर्षे अवधिको यी दुई विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्कासन भएको थियो। यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ। यसमा लगानीकर्ताले वार्षिक ६।५ प्रतिशत ब्याज पाउनेछन्।
यसैगरी विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्कासन भएको थियो। यो ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।